करिब २८ महिनापछि २५०० विन्दुमाथि पुग्यो नेप्से
नेपाल प्रेस
२०८१ साउन ७ गते ११:३९
काठमाडौं । नेप्सेमा आज पनि हरियाली छाएको छ । कारोबार खुलेकै २ मिनेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २५०० को विन्दु पार गरेको छ । साताको दोस्रो दिन सोमबार ११ बजेर २ मिनेटमा नेप्सेले २५०० विन्दु नाघेको हो । यसअघि अन्तिम पटक २०७८ चैत २० गते नेप्से परिसूचक २५१३.४१ को विन्दुमा रोकिएको थियो ।
सोमबार कारोबार खुलेको पहिलो ३० मिनेटसम्म नेप्से परिसूचक तीव्र उतारचढापछि १३.३२ अंकले घटेर २४७२.६१ को विन्दुमा कारोबार भइरहेको छ । भने, ११ बजेर ३० मिनेटसम्म ७१ लाख २६ हजार २२३ कित्ता शेयरको खरिदबिसक्री हुँदा २ अर्ब ५७ करोड १४ लाख ५० हजार रूपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर