पेलोसीको समर्थन ह्यारिसलाई (भिडिओ)
काठमाडौं । पूर्व अमेरिकी डेमोक्र्याटिक पार्टीका प्रमुख व्यक्तित्व, हाउस स्पिकर न्यान्सी पेलोसीले सोमवार उपराष्ट्रपति कमला ह्यारिसलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा समर्थन गरेकी छन्।
वर्तमान राष्ट्रपति जो बाइडेनको दौडबाट बाहिरिएपछि ह्यारिसको समर्थन गरेकी हुन् । । राजनीतिमा एक महिलाको रूपमा कमला ह्यारिस चतुर रहेको बताइन् । नोभेम्बरमा आफू विजयी बन्ने पेलोसीले बताइन् ।
विविधता नै डेमोक्र्याटिक पार्टीको शक्ति रहेको उल्लेख गर्दै पूर्वसभामुखले पार्टीलाई एकतावद्ध हुन र रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन आग्रह गरिन् ।
पेलोसीको कथन बाइडेनले २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेको एक दिनपछि आएको थियो ।