कांग्रेस सांसद केसीले भने- पूर्वमन्त्रीले सदनमा पाँच हजार घुस दिए भनेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन (भिडिओ)
काठमाडौं । नेपाली काग्रेसका राजेन्द्र केसीले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा.वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर सदनमा बोलेको बिषयलाई नजरअन्दाज गर्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सदनको रोष्ट्रमबाट पाँच हजार घुस दिएको भनेको के होरु भन्दै प्रश्न गरे।
पूर्वमन्त्री महतालेले सदनमा भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु।
त्यसबारे उनले भने, ‘उहाँले रोष्ट्रमबाट पाँच हजार घुस दिएको भनेको सन्दर्भमा सभामुखबाटै रुलिड हुन्छ भन्ने लागेको थियो। हिजो प्रधानमन्त्रीले सदनमा बोल्दै गर्दा भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न भन्नुभएको छ। यो पाँच हजारको कुरा के होरु यो भ्रष्टाचार हो कि होइन।’
गृहमन्त्री र शिक्षामन्त्री सांसदहरुले घुस दिएको भन्ने कुरालाई नरजरअन्दाज गर्न नहुने उनको बताए।