मन्त्रीहरूलाई शेखरले भने- खादा मालामा समय कटाइराख्नुभएको छ, अब पनि काम नगरे अप्ठ्यारो पर्नसक्छ (भिडिओ) – Nepal Press

मन्त्रीहरूलाई शेखरले भने- खादा मालामा समय कटाइराख्नुभएको छ, अब पनि काम नगरे अप्ठ्यारो पर्नसक्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू खादा, माला र स्वागतमै रमाइरहेको टिप्पणी गरेका छन्।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रीहरूलाई अब ध्यान दिएर काम गर्न आफूले भनेको बताए।

उनले भने, ‘कांग्रेसबाट १० जना मन्त्रीहरू सरकारमा जानुभएको छ। खादा, माला र स्वागतमै उहाँहरूको धेरै समय बितिरहेको छ। उहाँहरू आफैँ भन्नुहुन्छ हामीले भनेको होइन। मैले उहाँहरूलाई आग्रह पनि गरेँ, अब मन्त्रालयमा काम गर्नेतिर ध्यान दिनुस् र काम गर्नुस्। नत्र तपाईंहरुलाई अप्ठ्यारो पर्छ भनेर, उहाँहरूले अब सचेत भएर अगाडि जानुपर्छ, यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन। त्यतातिर पनि ध्यान दिनुपर्छ।’

उनले जनताको निराशा आकासिएको बेलामा दुई ठूला दल मिल्दा पनि परिणाम दिन नसके अप्ठ्यारो परिस्थिति आउन सक्ने उनको भनाइ छ। जनतामा जुटेको आसा र भरोसा जोड्दै आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्ने बताए।

उनले दुई ठूला दल मिलेपछि निरङ्कुशता त जन्मिँदैन भन्ने डर पनि बढेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *