वुमन्स एसिया कप : भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो । नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
नेपालको प्लेइङ–११
इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ, रुबिना क्षेत्री, सीता राणा मगर, बिन्दु रावल, कविता कुँवर, सबनम राई, डली भट्ट, पुजा महतो, कविता जोशी र सम्झना खड्का ।