नेपाल सेमिफाइनलमा पुग्न १० ओभरमै भारतलाई हराउनुपर्ने – Nepal Press

नेपाल सेमिफाइनलमा पुग्न १० ओभरमै भारतलाई हराउनुपर्ने

पाकिस्तानले १० विकेटले यूएईलाई हराएपछि नेपाल अप्ठेरोमा

काठमाडौं । श्रीलंकामा जारी वुमन्स एसिया कप टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल केही बेरमा सुरु हुँदैछ । आजको खेलमा पराजित भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपालले यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको थियो । यूएईविरुद्ध ६ विकेटको जीत हात पारेको नेपालले पाकिस्तानविरुद्ध ९ विकेटको पराजय व्यहोरेपछि सेमिफाइनल यात्रा कठिन बनेको छ । भारतलाई जितेर मात्रै नेपाललाई पुग्दैन । पाकिस्तानको भन्दा राम्रो रन रेट बनाउनुपर्ने हुन्छ ।

आजै भएको खेलमा पाकिस्तानले यूएईलाई १० विकेटले हरायो । यूएईले दिएको १०३ रनको टार्गेट पाकिस्तानले विना विकेट क्षति १४.१ ओभरमा भेट्टाएको थियो । यससँगै पाकिस्तानले ४ अंक जोड्न सफल भएको छ भने रनरेटमा पनि सुधार गरेकाे छ । भारत पनि ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । नेपालले सेमिफाइनलमा स्थान बनाउनका लागि भारतलाई निकै फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ ।

नेपाले टस जितेर बलिङ रोजेको छ । यदि भारतले प्रस्तुत गरेको लक्ष्य नेपालले १० ओभरभित्रै पछ्याएको खण्डमा मात्रै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित हुनेछ । अन्यथा नेपाल घर फर्किनु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर