बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको मातहतका निकायलाई ७९ बुँदे मार्गदर्शन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै मातहतका निकायलाई ७९ बुँदे मार्गदर्शन पठाएको छ ।
मन्त्रालय अन्तरगत विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित मन्त्रालयले मार्गदर्शन परिपत्र गरेको हो ।
मन्त्रालयले मातहतका निकायलाई विनियोजन गरिएको रकम प्रचलित कानून बमोजिम खर्च गर्न, लेखा राख्न, प्रतिवेदन पेश गर्न र लेखापरीक्षण गर्न समेत निर्देशन दिएको छ ।
बजेटले लिएका उद्देश्य प्राप्त गर्न उपलब्ध हुने स्रोतको अधिकत उपयोग गर्दै खर्चमा मितव्यतिा, प्रभावकारिता र दक्षता कायम गर्नुपर्ने मन्त्रालयका सचिव डा.रोशन पोखरेले गरेको ७९ बुदेँ मार्गदर्शनमा उल्लेख छ ।
साथै समग्र वित्तीय अनुशासन कायम गर्दै बजेट, निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उद्यरदायित्व कायम गर्न विनयोजनिा एन, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ को अनिवार्य रुपमा पालना गर्नुका साथै विनियोजना ऐन, २०८१ को दफा ९ को उपदफा ३ बमोजिम मार्गदर्शन गरिएको हो ।
मार्गदर्शनमा अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँड, कार्यक्रम तथा योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता र अुनगमन सम्बन्धी व्यवस्थासँगै केहि थप निर्देशन पनि रहेका छन् ।
मार्गदर्शन परिपत्र गरिएको बारे मन्त्रालयले महालेखा परीक्षककको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्य, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि जानकारी गराएको छ ।
यस्ताे छ मार्गदर्शन: