बागमती प्रदेश: एमालेका मन्त्रीहरु सपथको तयारीमा, कांग्रेसको छैन अत्तोपत्तो – Nepal Press

बागमती प्रदेश: एमालेका मन्त्रीहरु सपथको तयारीमा, कांग्रेसको छैन अत्तोपत्तो

हेटौंडा । बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज सपथग्रहण गर्दैछन् ।

लामासँगै एमालेबाट मन्त्री बन्न लागेका थप ६ जना मन्त्रीहरुको पनि सपथग्रहण हुने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका लामाको आज प्रदेश प्रमुख कार्यलयमा सपथग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको सपथ लगतै एमालेबाट मन्त्री हुने प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ,अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालले सपथग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

सपथग्रहणको सबै तयारी पूरा भइसक्दा समेत सरकारको नेतृत्व गर्न लागेको नेपाली कांग्रेसले भने आफ्नो दलबाट प्रतिनिधित्व हुने मन्त्रीको नाम फाइनल गर्न सकेको छैन ।

कांग्रेस बागमती प्रदेश संसदीय दलमा रहेको इन्द्र बानियाँ र बहादुर सिंह लामाको दुई धारमा भागबण्डाको कुरा नमिल्दा मन्त्रालयको टुङ्गो नलागेको कांग्रेस निकट स्रोतको दावी छ ।

अर्थ मन्त्रालयको विषयमा लामा र बानियाँबीच मतभेद रहेको निकट स्रोतको भनाई छ । कांग्रेसले आज मन्त्रीको नाम टुङ्गो नलगाएपनि फाइनल भइसकेका मन्त्रीहरुको सपथ हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर