हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग देउवाको माग – Nepal Press

हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएपछि जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भनेका छन्, ‘हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जहाजहरुको परीक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गराउन सरकारसँग अनुरोध गर्दछु ।’

सभापति देउवाले दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *