जहाजमा सौर्यका कर्मचारी मात्र थिएनन्, ऊर्जा मन्त्रालयकी कम्प्युटर अपरेटर श्रीमान र छोरासँगै बितिन् – Nepal Press

जहाजमा सौर्यका कर्मचारी मात्र थिएनन्, ऊर्जा मन्त्रालयकी कम्प्युटर अपरेटर श्रीमान र छोरासँगै बितिन्

काठमाडौं । आज जहाज दुर्घटनामा परेका सबैजना सौर्य एयरलाइन्सका सदस्य नरहेको खुलेको छ । दुर्घटनामा एक नाबालक र उर्जा मन्त्रालयकी एक कर्मचारीले पनि ज्यान गुमाएकी छन् ।

उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर रुपमा काम गर्ने प्रिजा खतिवडाको दुर्घटनामा मूत्यु भएको हो । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले यसको पुष्टि गरे ।

उनले भने, ‘उर्जा मन्त्रालयमा १० वर्षदेखि उहाँले कम्प्युटर अपरेटर रुपमा काम गरिरहनु भएको थियो । उहाँको ४ वर्षको छोरा थियो । उहाँको श्रीमान सौर्य एयरलाइन्समा काम गर्नुहुन्थ्यो भन्ने सुनेको छु ।’

प्रिजाका श्रीमान मनुराज शर्मा र छोरा अधिराज पनि जहाजमा सवार थिए । सौर्य एयरलाइन्सले पठाएको सूचीमा जहाजमा तीनैजनालाई एयरलाइन्स स्टाफको सूचीमा राखिएको छ ।

मनुराजले फेसबुक प्रोफाइलमा आफूलाई ‘नेटवर्क एन्ड सर्भर एडमिनिस्ट्रेटर’ भनेर चिनाएका छ । उनले कतै पनि सौर्य एयरलाइन्स उल्लेख गरेका छैनन् ।

जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका चार सिनियर कर्मचारीको निधन भएको छ । सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, ममेन्टेनेन्स म्यानेजर यज्ञप्रसाद पौडेल र क्यूए प्रमुख दिलीप बर्माले ज्यान गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *