जहाज दुर्घटनाको छानबिन, मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न एमालेको माग – Nepal Press

जहाज दुर्घटनाको छानबिन, मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न एमालेको माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरको जहाज दुर्घटनाको छानबिन, मृतकका परिवारलाई उचित राहत र घाइतेको उपचारका लागि नेकपा एमालेले माग गरेको छ ।

एमालेले आज बिहान ११ः११ बजे भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली एवम् परिवारजनमा गहिरो समवेदना प्रकट गरेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

त्यस्तै, दुर्घटनाको निष्पक्ष छानबिन गर्न, सत्यतथ्य पत्ता लगाइ आवश्यक कारबाही गर्न, घाइतेको उपचार, मृतकको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर