कमला आसपासको बगरलाई मधेश सरकारले ‘कृषि हब’ बनाउने – Nepal Press

कमला आसपासको बगरलाई मधेश सरकारले ‘कृषि हब’ बनाउने

जनकपुरधाम । धनुषा–सिरहा जोड्ने कमला नदी आसपास रहेको हजारौं विघा जग्गा (बगर)मा तरकारी खेती गर्ने तयारीमा मधेश प्रदेश सरकार जुटेको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंह बुधवार कृषि विज्ञसहितको टोली लिएर धनुषाको कमला नगरपालिकाको बगर निरीक्षण गरे । उनीसँग भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री पनि सहभागी थिए । स्थलगत निरीक्षणका क्रममा उनीहरु तरकारी खेतीका लागि बगर उपयुक्त रहेको निष्कर्षमा पुगेको छ ।

मुख्यमन्त्री सिंह, कृषिमन्त्री श्रेत्री र कृषि विज्ञहरु कमला नगरपालिकाका किसानहरुसँग छलफल समेत गरे । सो क्रममा मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरे । उनले भने, ‘नदीले खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । अब प्रदेश सरकार यसको सदुपयोग गर्छ ।’

कमला नदीको बाढीले धनुषातर्फ किसानका करिब १० हजार बढी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । यतिधेरै जग्गा लामो समयदेखि बाँझो छ । बुधवार मुख्यमन्त्री सिंहले बगरमा तरकारी खेती गर्ने योजना सुनाएपछि त्यहाँका किसानहरु खुशी देखिए ।

मुख्यमन्त्री सिंह सप्तरी २ ९१०बाट निर्वाचित सांसद हुन् । ‘म प्रायः हुलाकी राजमार्ग भएरै जनकपुरधाम आवतजावत गर्छु,’ उनले सुनाए, ‘यहाँ आउँदा मेरो दिमाग ठ्याक्कै यो बगरतर्फ जान्थ्यो । कस्तो बगर हो रु यहाँ के गर्दा राम्रो हुन्छ रु सोच्थे । मुख्यमन्त्री भएपछि विज्ञहरुसँग सल्लाह गरे । र, यहाँ तरकारी खेती लगाउने निष्कर्षमा पुगेँ ।’

कमला नगरपालिकामा रहेको बगरबाट तरकारी खेती सुरु गर्ने र पछि विस्तार गर्दै लैजाने सरकारको योजना छ । मुख्यमन्त्री सिंहले भने, ‘यहाँको बगरमा ताल बनाउने, माछा, बाख्रा र भैंसी पालन गर्ने, केरा खेती जस्ता मल्टी प्रपजका लागि खेती गर्ने सोचेका छौं । यसका लागि सबैको सहयोग चाहिन्छ ।’

यहाँ ताल बनाइयो भने वाटर लेभल बढ्ने र यस क्षेत्रको सौन्दर्य पनि बढ्नेछ । पर्यटक समेत तान्न सकिने गरी काम गर्ने मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार यो बगरलाई सदुपयोग गर्दा धेरैले रोजगारी पाउँछन् । यहाँका किसानहरु पनि समृद्ध बन्छन् ।

बगरलाई ‘कृषि हब’ बनाउन तत्कालै डिपीआरको प्रक्रिया अगाडी बढाउने मुख्यमन्त्री सिंहले बताए । डिपीआर तयार भएलगत्तै मल्टी उद्देश्यले कामको थालनी गर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *