ग्लोबल टी २० खेल्न क्यानाडा गए रोहित र दीपेन्द्र, पहिलो म्याचमा दुवैजना अनुपस्थित
काठमाडौं । नेपाली दुई क्रिकेटर रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी ग्लोबल टी २० खेल्न क्यानाडा लागेका छन् । उनीहरू हिजो राति एक साथ उडेका हुन् ।
दुवैले सामाजिक सञ्जालमा टोरन्टो हिँडेको भन्दै तस्विर पोस्ट गरेका छन् । रोहित पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दैछन् । दीपेन्द्रको भने दोस्रो सिजन हो ।
क्यानाडामा आजबाट यो प्रतियोगिता सुरू भइसकेको छ । आजको खेलमा दीपेन्द्र र सन्दीप लामिछाने आवद्ध भ्यानकुभर नाइट्स र रोहित आवद्ध टोरन्टो नेसनल्स आपसमा भिडेका थिए ।
दीपेन्द्र र रोहित दुवै पहिलो म्याचमा अनुपस्थित रहे । सन्दीपले भने भ्यानकुभरबाट खेलेका थिए । खेलमा टोरन्टो विजयी बनेको छ ।