ग्वार्कोको गेष्ट हाउसमा बेहाेस भेटिएकी युवतीको मृत्यु, युवक प्रहरीको निगरानीमा – Nepal Press

ग्वार्कोको गेष्ट हाउसमा बेहाेस भेटिएकी युवतीको मृत्यु, युवक प्रहरीको निगरानीमा

काठमाडौं । ललितपुरको एक गेष्ट हाउसमा एक युवतीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका वडा ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एकजना युवतीको मृत्यु भएको हो।

गोदावरी नगरपालिका ८ डुकुछाप घर भै हाल सातदोबाटो ललितपुरमा बस्दै आएका २६ वर्षका सन्दिप बि.क ले गएराति ११ बजे आफ्नो साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् ।

युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले ग्वार्कोमा रहेको बि एण्ड बि अस्पतालमा उपचारको लागि लगेको थियो । उपचारकै क्रममा बिहान सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकले पनि सास फेर्न कठिनाइ भएको भनी बताएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *