मौद्रिक नीति : शेयर धितो कर्जाको अधिकतम २० करोडको सीमा खारेज (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन ११ गते १३:०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै लैजाने उद्देश्यले खारेज गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर