मौद्रिक नीतिले शेयर लगानीकर्तामा थपियो उत्साह, २० करोडको सीमा हट्दा सकारात्मक प्रभाव पर्ने दाबी – Nepal Press

मौद्रिक नीतिले शेयर लगानीकर्तामा थपियो उत्साह, २० करोडको सीमा हट्दा सकारात्मक प्रभाव पर्ने दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारलाई चलायमान बनाउने चर्चा भइरहेको छ । शेयर लगानी कर्ताले पनि पूँजी बजार बढ्ने अपेक्षा गरेका छन् ।

पछिल्लाे केही दिनदेखि निरन्तर बढीरहेको शेयर बजारले मौद्रिक नीतिपछि थप ऊर्जा पाएको जानकारहरु बताउँछन् ।

शेयर लगानी कर्ता छोटेलला रौनियारले मौद्रिक नीति सकारात्मक आएकोले शेयर बजार वृद्धि हुने बताए । यद्यपी ‘बिग बुल’ कति पुग्छ भनेर भन्न नसकिने रौनियार बताउँछन् ।

‘नयाँ मौद्रिक नीतिले शेयर बजारलाई सकारात्मक प्रभाव पार्छ । ज्योतिषले जसरी बिग बुल कति पुग्छ भनेर भन्न सकिदैन । यस्तो भन्न पनि मिल्दैन’, उनले भने, ‘संस्थागत तर्फ २० करोडको शेयर कर्जाको सीमा हटेको छ । यसले शेयर बजारमा धेरै राम्रो प्रभाव पार्छ । व्यक्तिगत तर्फको सीमा हटाएको वा वृद्धि गरिदिएको भए अझै राम्रो हुने थियो । तर, त्यस्तो भएन ।’

संस्थागन लगानी कर्ता भनेको पनि ठूला लगानी कर्ता भएको र ठूला लगानी कर्ताको सीमा हटाएपछि बजारमा पैसा वृद्धि हुने रौनियारको बुझाइ छ ।

‘ठूला लगानी कर्ताले ५० करोड वा १०० करोड लगानी ल्याउन सक्छन् । पैसा आउन वृद्धि भएपछि बजार बढ्छ । मौद्रिक नीतिको कारणले बैंकको नाफा पनि वृद्धि हुन्छ । त्यसको प्रभाव पनि शेयर बजारमा पर्छ । आइतबारको बजार हेरेर अरु थप के कस्तो हुन्छ भन्न सकिन्छ’, उनले बताए ।

त्यस्तै, शेयर लगानी कर्ता संघका अध्यक्ष तराप्रसाद फुलेलले मौद्रिक नीति शेयर बजार मैत्री आएको प्रतिक्रिया दिए ।

‘मौद्रिक नीति सकारात्मक आएको छ । संस्थागत तर्फको क्याप हटेको छ । मौद्रिक नीति नै शेयर बजारको लागि राकारात्मक भएर आएको छ’, उलने भने, ‘बिग बुल कति पुग्छ भन्न सकिदैन । यस्तो प्रश्न गर्नु नै गलत हो । मौद्रिक नीतिको प्रभाव आइतबारको बजारमा देखिने र विस्तारै त्यसको प्रभाव थाहा हुने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *