ओलीको पुनरागमनसँगै फर्कियो आधा हातले नै कम्प्युटर चलाउने गणेश राईको जागिर – Nepal Press

ओलीको पुनरागमनसँगै फर्कियो आधा हातले नै कम्प्युटर चलाउने गणेश राईको जागिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनरागमन भएसँगै आधा हातले कम्प्युटर चलाउन सक्ने फरक क्षमता भएका गणेश राईले पनि सचिवालयमा पुनः अवसर पाएका छन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदै ओलीले राईको क्षमता देखेपछि सचिवालयमा राख्न निर्देशन दिएका थिए । तर उनी प्रधानमन्त्रीबाट बहिर्गमन भएसँगै गणेशलाई पनि हटाइएको थियो । दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि ओलीले पुनः गणेशलाई अवसर दिए ।

हाल पुनः ओली प्रधानमन्त्रीको कुर्सीमा आएपछि गणेशको खोजी गरेको एमाले नेता विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । त्यसैअनुरुप खोटाङका एमाले नेताहरुलाई सम्पर्क गर्न भनेर अन्ततः गणेशलाई लिएर ओलीसँग पुगे । त्यसपछि पुनः गणेशको जागिर पनि सचिवालयमा सुनिश्चित गरियो ।

खोटाङ काहुलेका गणेश राई जन्मजात अपांगता भएका व्यक्ति हुन् । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उनलाई स्व. मिलन राईले केही काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याएका थिए । भैरव राईले निकै ठूलो सहयोग गरेका थिए ।


प्रतिक्रिया

One thought on “ओलीको पुनरागमनसँगै फर्कियो आधा हातले नै कम्प्युटर चलाउने गणेश राईको जागिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *