पेरिस ओलम्पिकको नयाँ प्रयोगः पहिलोपटक बोटमा परेड, रंगशाला बाहिर उद्घाटन – Nepal Press

पेरिस ओलम्पिकको नयाँ प्रयोगः पहिलोपटक बोटमा परेड, रंगशाला बाहिर उद्घाटन

काठमाडौँ । एक शताब्दीपछि समर ओलम्पिक आयोजक हुन पाएको फ्रान्सको राजधानी पेरिसले नयाँ प्रयोग गरेको छ । पहिलोपटक रंगशाला भन्दा बाहिर उद्घाटन भएको छ ।

यस्तै पहिलोपटक बोटमा परेड खेल्ने व्यवस्था गरिएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार आफ्नो आफ्नो देशको झण्डा बोकेर देशका सहभागीहरुले बोटमा परेड खेलेका थिए ।

समर ओलम्पिको यो ३३ औँ संस्करण हो । सेइन नदीको बोटमा देशहरुले परेड खेलेका थिए । यस्तै रोबोटको घोडा पनि पहिलोपटक प्रयोग गरिएको सीएनएनले उल्लेख गरेको छ । अहिलेको ओलम्पिकमा नेपालका ७ खेलाडीले ६ खेलमा सहभागिता जनाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *