प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हामफालेकी किशोरी बेपत्ता
नेपाल प्रेस
२०८१ साउन १३ गते ८:५०
दार्चुला । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छिन् ।
शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन् ।
अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
One thought on “प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हामफालेकी किशोरी बेपत्ता”
Leave a Reply
सम्बन्धित खवर
यसरी एउटा प्रहरीले समात्न सम्भव थिएन त्यहाँ अगाडी पनि पौडिन जान्ने प्रहरी बस्नुपर्यो अनी बचाउन सकिन्थ्यो,तर आफै मर्छु भनेर हामफाल्ने लाई बचाउनु खोज्नु पनि बेकार हो ………