शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द – Nepal Press

शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेको ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज आइतबार पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।

आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।

नेप्से परिसूचक १२९.०७ अंकले बढे २६९७.२१ को बिन्दुमा अडिएको छ । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदविक्री हुदाँ ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *