पेरिस ओलम्पिक २०२४ : ८१ पदकको छिनोफानो, जापान पहिलो नम्बरमा
हेटौंडा । फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ मा हालसम्म २० वटा देश पदक जित्न सफल भएका छन् । यो समाचार तयार पार्दा समेत ८१ वटा पदकको छिनोफानो भएको छ ।
एसियाली देश जापान पदक तालिकाको शिर्ष स्थानमा छ भने दक्षिण एसियाबाट भारतले एउटा मात्र काश्य जितेको छ ।
हालसम्म ४ स्वर्ण, २ रजत र १ काश्यसहित ७ पदक जितेर जापान पहिलो स्थानमा छ । दोश्रो स्थानमा रहेको अष्ट्रेलियाले पनि ४ स्वर्ण र २ रजत ६ पदक जित्दै दोश्रो स्थानमा झरेको छ ।
तेश्रो स्थानमा तहेको अमेरिकाको ३ स्वर्ण र ६ रजत तथा ३ काश्य सहित १२ पदक छ । चौथो स्थनमा आयोजक फ्रान्स छ । उसको ३ स्वर्ण, ३ रजत र २ काश्य गरि ८ पदक छ । पाचौंमा रहेको दक्षिण कोरियाको ३ स्वर्ण, २ रजत र १ काश्य गरि ६ पदक छ ।
हालसम्म चाईना, इटाली, बेल्जियम, काजकिस्तान, उज्वेकिस्तान, हङकङ र ग्रीसले स्वर्ण पदक जितेका छन् । बेलायत, क्यानडा, फिजि, मंगोलिया, ट्युनोसिया, स्पेन, हङ्गेरी, साउथ अफ्रीका ,इजिप्ट माल्डोभा, ब्राजिल, र स्विडेनले पनि पदक जितेका छन् । उनिहरुले स्वर्ण नजिते पनि अन्य पदक जितेका छन् ।