माओवादी बैठक: पार्टी निर्माणमा फर्किनुपर्नेमा जोड, भोलि प्रचण्डले जवाफ दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । शुक्रबार सुरु भएको बैठकमा आज सबैले धारणा राखिसकेपछि भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
बोल्ने सबै नेताहरुले अहिले सत्ता बाहिर हुँदा पार्टी निर्माणको अवसर प्राप्त भएको धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सरकारले गरेको राम्रो काम जनतामाझ लैजाँदै अब एकजुट भएर जनतामाझ जाने कार्यक्रम बैठकले तय गर्ने उनले बताए ।
भोलि नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ। बैठकपछि स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको आगामी रणनीति तय गर्ने माओवादीको तयारी छ ।