बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त – Nepal Press

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् ।

यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश सरकारको प्रमुखमा तिलक परियार रहेका थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट भएकाले उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर