जापानी स्टार होन्डा पारो एफसीमा आवद्ध, यसै महिना नेपाल आउने – Nepal Press

जापानी स्टार होन्डा पारो एफसीमा आवद्ध, यसै महिना नेपाल आउने

काठमाडौं । जापानी स्टार केसुके होन्डा नेपाल आउने भएका छन् । भुटानको पारो फुटबल क्लब (एफसी) मा आवद्ध भएसंगै उनी नेपाल आउने पक्का भएको हो ।

पारो एफसीले साउन २९ गते नेपालमा एएफसी च्यालेन्ज लिगको प्लेअफ खेल्दै छ । उक्त खेल दशरथ रंगशालामा हुनेछ । पारो एफसीले नेपालको लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो । पारो एफसीमा सामेल हुने होन्डाको निर्णयले भुटानमा उत्कृष्टता बढाउन र फुटबलको प्रवर्द्धन गर्ने क्लबको विश्वास छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *