पेरिस ओलम्पिक २०२४ मा ४५ स्वर्ण पदकको छिनोफानो- जापान पहिलो, पछिपछि फ्रान्स – Nepal Press

पेरिस ओलम्पिक २०२४ मा ४५ स्वर्ण पदकको छिनोफानो- जापान पहिलो, पछिपछि फ्रान्स

हेटौँडा । फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ मा हालसम्म ३६ वटा देश पदक जित्न सफल भएका छन् । यो समाचार तयार पार्दा समेत ४५ वटा पदकको छिनोफानो भएको छ ।

ताजा अंक तालिकाअनुसार एसियाली देश जापान पदक तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण एसियाबाट भारतले एउटा मात्र कांस्य जितेको छ ।

हालसम्म ६ स्वर्ण, २ रजत र ४ कांस्य सहित १२ पदक जितेर जापान पहिलो स्थानमा छ । दोस्रो स्थानमा आयोजक राष्ट्र फ्रान्स छ । फ्रान्सले ५ स्वर्ण, ८ रजत र ३ कांस्य पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा अर्को एसियाली देश चीन छ । चीनको ५ स्वर्ण, ५ रजत तथा २ कांस्य सहित १२ पदक छ ।

चौथो स्थानमा अष्ट्रेलिया झरेको छ । उसको ५ स्वर्ण र ४ रजत गरी ९ पदक छ । पाँचौँमा रहेको दक्षिण कोरियाको ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी ९ पदक छ ।

हालसम्म अमेरिका, ग्रेट ब्रीटेन, इटाली, क्यानडा, हङकङ, ग्रीस, काजकिस्तान, साउथ अफ्रिका, बेल्जियम , अजरबैजान, रोमानिया र उज्बेकिस्तानले स्वर्ण पदक जित्न सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर