लामालाई विश्वासको मत दिन कांग्रेस-एमालेको ह्वीप – Nepal Press

लामालाई विश्वासको मत दिन कांग्रेस-एमालेको ह्वीप

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई विश्वासको मत दिन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् ।

मंगलबार प्रदेश सभा सचिवालयमा बसेको एमाले र कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री लामालाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बैठकले एकमतको साथमा मुख्यमन्त्री लामालाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

एमालेले पनि मुख्यमन्त्री लामालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले लामालाई विश्वासको मत दिने निर्णय गरेको एमाल संसदीय दलका नेता जगन्नाथ थपलियाले जनाए ।

लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर