यतीको विमान दुर्घटनाः पाइलट र कोपाइलटबीच यस्तो थियो अन्तिम संवाद
काठमाडौं । २०७९ माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिको ककपिट भ्वाइस रेकर्डस सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त ककपिट भ्वाइस रेकर्ड अडिओ सोमबार ‘ग्राउन्ड जेरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो ।
अडियोजमा जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिसम्मको पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको संवाद छ । दुवैले पोखरामा अवतरण गर्नुभन्दाअघि सामान्य कुराकानी गरेका थिए । यहाँसम्म कि जहाज दुर्घटनापछिमात्रै दुवैलाई गडबडी थाहा भएको जस्तो सुनिन्छ ।
२०७९ माघ १ गते काठमाडौंबाट ४ जना चालक दलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन-एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।
यसअघि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले दुर्घटनाअघिको अवस्थाबारे प्रस्तुत गरेको विवरणमा त्रिभुवन विमानस्थलबाट भएको टेकअफ, आकाशको रुट र अवतरण प्रक्रिया सामान्य नै रहेको उल्लेख थियो ।
पोखरा विमानस्थलसँगको पहिलो सम्पर्कमा एटीसीले जहाजलाई लेखनाथतर्फ रहेको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश गरेका थिए । तर, पछि पाइलटले फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरणका लागि अनुरोध गरेको र अनुमति पाएको उक्त प्रतिवेदनमा छ ।
उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थहा नभएजस्तो सुनिन्छ ।
पाइलटः रेडियो नेपालको टवर याद गर्या थेनौं होला, ऊ त्यो हो चाँही हो । ऊ त्यो ठूलो । ऊ त्यो डाँडाको अल्लि यता । अल्लि लङ बनाउन गयो भने त्याँ पुग्छ नि फेरि । यता जानु हुँदैन ।
कोपाइलटः हजुर देखिरा’छु ।
कोपाइलटः अब म्यानुअल लिने हो त ?
पाइटलः हैन हैन पर्दैन, एकछिन पर्दैन ।
कोपाइलटः पर्दैन, एए ओके ।
पाइटलः यो सीधा गइन्जेल पर्दैन् । त्यसपछि ।
कोपाइलटः ए ।
पाइलटः अ अब यहाँबाट चाँहि म्यानल लेउ । म्यानल लिएर जिपर १५० ।
कोपाइलटः क्लयास ३० !
पाइलटः क्लयास ३० । झर्दै जाउ है । झर्दै जाउँ तलपनि जाउँ ।
पाइलटः ओके विफोर ल्यान्डिङ, ल्यान्डिङ गियर ।
कोपाइलटः डाउट ३ बीट ।
पाइलटः फ्लाप्स ।
कोपाइलटः ३० ।
(तीव्र गतिमा भएको अस्पस्ट संवाद)
कोपाइलटः के आयो !
पाइलटः ह !
कोपाइलटः इलिफ्ट भनेर आइरा छ ।
कोपाइलटः अल्टीच्युट टर्न होइन ?
पाइलटः हो । कन्टिन्यू टर्न । अब यो नयाँ एयरपोर्ट पट्टि ।
कोपाइलटः ओके ।
पाइलटः अल्लि तल ।
कोपाइलटः तल होइन् । यो त यतीकै ठीक छ । पावर हाल ।
कोपाइलट : पावर नै आएन सर ।
पाइलटः हा… !
कोपाइलटः पावर नै आएन ।
पाइलटः अगाडि हाल्नुपर्यो ।
कोपाइलटः आएन सर…पावरै आएन् ।
पाइलटः ओके यता जाउँ त ।
कोपाइलटः ओके ।
कोपाइलटः यो ड्युअल ल्यान्डिङ है सर ।
पाइलटः ह !
कोपाइलटः टर्कै आएन के सर, यहाँ आउनुपर्यो नि सर ०० ।
पाइलटः के भयो ?
यतिमै कोपाइलटको चिच्चाहटसँगै जहाज दुघट्ना भएको आवाज सुनिन्छ ।