डिभाेर्स चिन्तन: देवी प्रतिभाले बु्झ्न नसकेकाे संविधान र समाज
केही महिनाअघि भरतपुरका स्थानीय दोहोरी साँझमा काम गर्ने महिलाहरुको अवस्थाबारे विस्तृत रिपोर्टिङका क्रममा थिएँ । त्यस बेला एक महिलासँग सम्पर्क भयो । उनले दोहोरीमा हप्ता दिनमात्रै काम गएर छोडेकी थिइन् ।
कुरा गर्दै जाँदा उनले पटकपटक भक्कानिँदै आफ्नो जीवन कहानी सुनाइन् । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी ३३ वर्षकी महिला हुन् । उनका दुई सन्तान छन् । श्रीमानले कुटपिट गरेको कहानी उनले सुनाउँदै लगिन् । पहिलो सन्तान छोरी जन्मिएपछि श्रीमानले माया गर्न छाडेकाे उनले बताइन् ।
छोरा जन्मिन्छ र माया पाउँछु कि भन्ने उनको आशा थियो । दोस्रो गर्भ पनि रह्यो, तर रक्सीले मातेका श्रीमानले सुत्केरी अवस्थामै रगतको आहालमा डुबाएर बेहोस भइ अस्पताल ल्याउँदाको घटनासमेत उनले सुनाएकी थिइन् ।
दैनदिनको यातना सहन नसक्ने अवस्था भएपछि छरछिमेक र गाउँलेले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न सुझाएको उनको भनाइ छ । त्यसपछि एक्लै संघर्ष गरेर भए पनि यातनाविहीन जीवन बिताउन थालेको उनले सुनाइन् ।
चितवन माडीकी अर्की एक अधवैंशे महिलालाई त श्रीमानले यतिसम्म यातना दिएका थिए कि उनको यौनाङ्गमै पन्युँको डाँठ घुसाइदिएका थिए । जिल्ला अदालत चितवनमा दुई वर्षअघि ती महिलाले दर्ता गरेको मुद्दामै उनले उल्लेख गरेकी थिइन्, ‘रक्सीले मातेर आएका श्रीमानले कुट्दाकुट्दै यौनाङ्गमा नै पन्युँ घुसाइदिए ।’
यी र यस्तै लोग्नेले दिएका अनगिन्ती यातनाले प्रताडित महिला धेरै छन् । यद्यपि सबै पुरुष खत्तम हुन्छन् भन्ने होइन ।
मानिस आदिम युगदेखि समूहमा बस्दै आयो । विस्तारै आधुनिक मानवको विकासक्रमसँगै कृषि, पशुपालन हुँदै औद्योगिक समाजतिर विकास हुँदै गयो । सँगै परिवार संस्थाको पनि उदय भयो । परिवारका सदस्यहरु श्रमशक्तिका रुपमा उदय हुँदै गए । सम्पत्तिको अवधारणा आयो र सँगै आयो सम्पत्तिमाथि नियन्त्रण गर्दै शक्ति प्राप्त गर्ने सामाजिक अवस्था । तिनै समयदेखि समाजमा वर्गको पनि उदय हुँदै आएको धेरै अध्येताले पटकपटक अध्ययनबाट पुष्टि गर्दै आएका छन् ।
समाजको मान्यताअनुसार पशुपतिमा चलेको कोटीहोम, यहाँ आफ्ना प्रवचन दिएका दुई विदुषी पनि अध्येता नै हुन् । अध्येता त्यस्ता व्यक्ति हुन्, तत्कालीन समाजले उनीहरुलाई आफूभन्दा माथि ठान्छ, आफू कनिष्ठ ।
शक्तिको उदयअघि नै मानिसहरु अदृश्य शक्तिमा पनि विश्वास गर्थे । ती शक्तिको प्रभाव प्रकृतिमा हुने प्रकोपहरुदेखि मानिसको दुर्घटना, मृत्युसम्ममा हुने उनीहरुको विश्वास थियो । विस्तारै तिनै विश्वास सभ्यताको रुपमा विकास हुँदै आयो । पूर्वीय र पाश्चात्य सभ्यताको रुपमा मानव समाज र विश्व भूगोलको खण्डका आधारमा समाजशास्त्रीहरुले सभ्यताको उद्भवका विवरण उल्लेख गर्दै आएका छन् ।
सभ्यताको विकासका क्रममा विकास भएको पूर्वीय सभ्यताको आधारभूमि विभिन्न धर्ममध्ये एउटा हिन्दू हो । जसले मोक्ष प्राप्तिलाई अन्तिम लक्ष्य मानेको छ । हिन्दू धर्म मान्नेहरु वेदलाई आफ्नो मूल ग्रन्थ मान्छन्, वेदको अध्ययन गर्नेहरु ज्ञानी मानिन्छन् । उनीहरु अध्येताको रुपमा गनिँदै आए । यो प्रक्रिया ज्ञानका आधारमा आजपर्यन्त छ ।
समाजको मान्यताअनुसार पशुपतिमा चलेको कोटीहोम, यहाँ आफ्ना प्रवचन दिएका दुई विदुषी पनि अध्येता नै हुन्। उनीहरूमध्यकी एक देवी प्रतिभा उपमाकी भागवत वाचकले आफ्नो धारा प्रवाह वाचनमा महिलाहरुलाई ‘पति जस्तो भए पनि विवाह गरेपछि डिभोर्स गर्न नहुने’ बताइन् र एकै स्वरमा हात उठाएर महिलाहरुले उनको समर्थन गरे ।
उनले उमेरमा बुढो, जतिसुकै खराब भए पनि पति धर्म छोड्नुहुन्न र सम्बन्ध विच्छेद गर्नुहुन्न भन्दै तर्क दिइन्, ‘हिन्दू धर्ममा सम्बन्ध विच्छेद शब्द नै छैन ।’ उनको तर्कमा महिलाहरुले परर्र ताली पिटे । मानौं पशुपतिमा जम्मा भएका उनीहरु आज होइन सयौं वर्षअघिको समाजमा छन्, जहाँ महिलाको स्वतन्त्र अस्तित्व शून्य छ ।
नेपालको अदालतमा सबैभन्दा पहिलो सूचीमा सम्बन्ध विच्छेदको मुद्दा छन् । आर्थिक वर्ष २०८०/०८१ को देशभरका अदालत पुगेका घटनाहरुको अन्तिम विवरण सर्वोच्च अदालतले प्रकाशित गरेको छैन । यसअघिको आर्थिक वर्ष सर्वोच्च अदालतको तथ्याङ्कले अदालतमा पुगेका मुद्दाहरुमध्ये पहिलो नम्बरमा सम्बन्ध विच्छेद रहेको देखाएको छ ।
४० हजार १८३ वटा सम्बन्ध विच्छेदका मुद्दा देशभरका अदालतमा दर्ता रहेको देखाएको छ । जसको आधार मानिने हिंसामा देशभरका तथ्याङ्कमा ८० प्रतिशत घरेलु हिंसाका घटना प्रहरीमा पुगेको नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क छ ।
असमानतालाई आत्मसात गर वा हिंसा सहेर विवाहको जीवन चुपचाप स्वीकार गर भन्ने समाजका एक वर्गलाई खुलमखुला अन्याय सहन प्रेरित गर्ने प्रवचनहरु सामान्य लाग्छ भने सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न सकिने कानून किन बन्यो ? राज्यले किन स्वीकार गर्यो ?
अदालतमा सबैभन्दा पहिलो सूचीमा रहेको सम्बन्ध विच्छेदको घटनाले पनि समाजमा पछिल्ला दिनमा बढ्दै गएको पतिपत्नीको सम्बन्धमा बेमेलको कारण मिहिन रुपमा खोज्नुपर्ने ठाउँमा हामी उभिएका छौं । यद्यपि सम्बन्धमा टिक्नै नसक्ने अवस्थामा पूरै महिलाको जमातलाई आफ्नो मृदुभाषी प्रवचनले लठ्ठ बनाएर जतिसुकै खराब भए पनि छोड्नहुँदैन भन्ने सन्देश समय र समाज अनुकूल छ त ?
समाज समयसँगै परिवर्तन हुन्छ । मानव विकासको नियमसँगै परिवर्तित समाजमा धर्म मूल कानून थियो । पछि परिवर्तन भएर जनताले स्वीकार गरेका प्रतिनिधिले आफूलाई नियमन गर्ने कानून आफैंले बनाए । त्यही कानून अहिले आधुनिक सभ्यताको समाज अघि बढाउने दायरा, सीमाहरु हुन्, वर्तमान सुहाउँदो व्यवहार गर्ने आधारहरु हुन् । छोरीहरु चौघेरा नाघेर अघि बढ्ने अवस्थामा लोग्नेले चरित्रमा शंका गरेको कारण देहत्याग गरेका सीता माताका जस्ता कथाहरु स्वीकार गर्ने समय आज छैन ।
सामाजिक आर्थिक दायरा फराकिलो हुँदै गएका छन् । न छोरा न त छोरी समाजमा मानिस एक्लो पहिचानमा स्थापित भइसकेका छन् । आत्मनिर्भर बाँचिरहेका छन् । समतामूलक राज्य निर्माण गर्ने मूल मर्म रहेको संविधान कार्यान्वयनमा रहेको देशमा गरिने प्रवचन जति नै ठूलो मानिसबाट दिइएको किन नहोस्, हिन्दू वा अरु कुनै धर्मका नाममा असमानता स्वीकार गर भन्नु संविधानविपरीतको अभिव्यक्ति हो ।
असमानतालाई आत्मसात गर वा हिंसा सहेर विवाहको जीवन चुपचाप स्वीकार गर भन्ने समाजका एक वर्गलाई खुलमखुला अन्याय सहन प्रेरित गर्ने प्रवचनहरु सामान्य लाग्छ भने सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न सकिने कानून किन बन्यो ? राज्यले किन स्वीकार गर्यो ?
यो विषय प्रवचन दिने व्यक्तिले हवाला दिएको हिन्दू धर्मको पक्ष विपक्षमा उभिएर बहस गर्ने विषय नै होइन । कानूनी शासन भएको राज्यमा असमानताको पक्षपोषणको सार्वजनिक अभिव्यक्ति स्वतः कानूनविपरीत हो । कानूनले अस्वीकार गरेको धार्मिक, लैंगिक, जातीयलगायतका आधारमा असमान व्यवहार नगरिने मूल मर्मलाई आँच आउनेगरी ठूलो समूहलाई प्रभावित गर्ने अनि त्यही विषयमा टिप्पणी हुँदा जतिसुकै धार्मिक अभियन्ता भए पनि ‘विधर्मी’ घोषणा गरेर समानता र धार्मिक सहिष्णुताको सद्भाव उछाल्ने अधिकार कसैलाई छैन ।
सबै धर्मका गुरूहरूका चिन्तनको व्याख्या गरेको छ यो अनलाईनले ? देविको खोईरो खन्न अन्तर कुन्तर खोतलिरहेको छ । कसले पैसा दिएर लगायो यो अनलाईनलाई ? क्रिष्चियन फण्डिङ् हो ?
होइन हजुर….
यो पत्रकार नै दलाल हो…
पश्चिमाहरुको जुठोपिठो खाएर नुनको सोझो गर्न तल्लिन छे यो आईमाई।
यसले त राम्रै कुरा लेखे पनि विश्वाश नगरनु होला। नेपाली समाजमा
आगो लगाउने दानबिय प्रब्रितीको नमुना हो यो पत्रुकार भनाउदी…
एकातिर दासी अर्को तिर प्रतिमा !
दासी डिभोर्सी प्रतिभा विवाहित ! आफ्नो कुरा मिलि रहेको छैन । विरोधा भास देखियो त ! यो सब भन्ने कुरा त हो । यथार्थमा यो सब नाटक हो पैसा कमाएर लगे ! नेपाली हेरेको हेर्यै !!
तिम्रो नजरमा पैसा मात्रै रहेछ छि!
हाम्रो वैदिक शास्त्रमा डिभोर्स उल्लेख छैन। पतिले बाटो बिराए पत्निले पतिलाई सम्झाउने तथा पत्नि बाटो बिराए पतिले पत्नीलाई सम्झाउने तर डिभोर्स नगर्ने। तर दुवै पति पत्नी नै खराब भए त त्यो परिवार बिग्रनबाट कसैले रोक्न सक्दैन।
हाम्रो वैदिक शास्त्रमा डिभोर्स उल्लेख छैन। पतिले बाटो बिराए पत्निले पतिलाई सम्झाउने तथा पत्निले बाटो बिराए पतिले पत्नीलाई सम्झाउने तर डिभोर्स नगर्ने। तर दुवै पति पत्नी नै खराब भए त त्यो परिवार बिग्रनबाट कसैले रोक्न सक्दैन।
हो नि हजुर्🙏
रमाइलो छ जिन्दगी । अस्ति एकजना मानिस पशुपतिस्थित आर्यघाट मास्तिरको ब्रह्मनालमाथि सुताएको मृतशरीरलाई उठ्नु होस् न हजुर भन्दै विलौना गरिरहनु भएको थियो तर त्यो लास उठेन सबै मिलेर श्रद्धाञ्जली अनि अन्तिम श्रद्धाञ्जली सँगै अन्त्यष्ठी गरेर फर्केर आए । यहाँ रमाइलो कहाँनेर भयो भनेर प्रश्न आउँला यो समाचार अनि समाचार शीर्षक जस्तै हो त्यो शुरुको रमाइलो छ जिन्दगी पनि ।
यो आलेखमा
– सभ्यताको विकासका क्रममा विकास भएको पूर्वीय सभ्यताको आधारभूमि विभिन्न धर्ममध्ये एउटा हिन्दू हो । जसले मोक्ष प्राप्तिलाई अन्तिम लक्ष्य मानेको छ । हिन्दू धर्म मान्नेहरु वेदलाई आफ्नो मूल ग्रन्थ मान्छन्, वेदको अध्ययन गर्नेहरु ज्ञानी मानिन्छन् । उनीहरु अध्येताको रुपमा गनिँदै आए । यो प्रक्रिया ज्ञानका आधारमा आजपर्यन्त छ ।
प्रसङ्ग उल्लेख गरिएको छ बडा रमाइलो छ जब कुनै विषयको पूर्ण जानकारी हुँदैन त्यो विषय उल्लेख गर्नु हुँदैन विश्वले मानेको मानक ध्वंश गर्न उद्यत यो समाचारको खण्डन गर्न मन लागेन यत्ति मात्र भन्छु पूर्वीय सभ्यताको आधारभूमि विभिन्न धर्म होइन एउटा मात्र धर्म हिन्दू हो ।
यहाँ मैले देवीजीको समर्थन गर्न खोजेको होइन तर यथार्थ के हो भने हिन्दू वैदिक सनातन धर्ममा समागम पश्चात परागम मात्र मृत्यू हो विच्छेद होइन अर्थात् वैदिक सनातन धर्ममा सम्बन्ध विच्छेदको परिकल्पना कहिँ कतै छैन श्रीमान् श्रीमती स्वीकार गरेपछि त्यो सम्बन्ध विभिन्न आरोह अवरोहमा बग्दै बग्दै जब एक श्रीमान् वा श्रीमतीको परमधाम हुन्छ अनि मात्र त्यो जोडिएको सम्बन्ध सकिन्छ भनेको हो त्यही कुरा देवी प्रतिभाले प्रवचनको क्रममा भन्नु भयो सकियो यसमा कुनै विवाद गर्नु पर्ने छैन ।
रह्यो अहिले तातेको अनलाइन मण्डलका महान् समाचारविद् अनि संवादविद्हरुको देवी प्रतिभाले महिलालाई कमजोर बनाउँने गरि बोलेको त्यो शब्द नेपाली महिलाको हित विपरित छ भनेर कुर्लिनु प्रचलित उखान इन्द्रको अगाडि स्वर्गको वयान मात्र हो । किन अनावश्यक तर्क गरिन्छ किन सात्विक र मर्यादित तार्किक कर्म छोडेर मान्छे कुतर्क गर्छन् त्यो मिसनरी अभियानलाई किन अङ्गिकार गर्छन् त्यो तिनै जानुन जसले नौटङ्की गरिरहेका छन् ।
पत्रकारिताको धर्म सुसूचित गर्नु हो यहाँ यो समाचार आलेखमा पनि त्यही गरिएको छ समाचार सम्प्रेषणको धर्म निभाइएको छ प्रतिमा सिलवाल उम्दा आलेखकर्ता हुन् उनले धेरै कुरा ल्याइन तर शास्त्रसम्मत नहुनु वा थाहा नपाएको विषयमा आलेख तयार पार्न बाध्य हुनुमा उनको के दोष? तथापि कम्तिमा केही कुरा बुझेर सोँचेर ल्याइदिएको भए अनि सकारात्मक सोँच राखेर यथार्थतामा आलेख आइदिएको भए कति राम्रो हुने थियो ? कुन चाहीँ दुःखी महिलाको जीवन जोडेर समाचार सार सुरु गर्दै छेऊ न टुप्पोको समाचार सम्प्रेषण आहा कति सुन्दर मलाई पनि मन पर्यो यो आलेख पढ्दा अनि भव्य रमाइलो भयो । कहाँ तालमेल छ यो समाचार अनि समाचारका दुई पात्र एउटी देवी प्रतिभाको अनि अर्की २ सन्तानपश्चात डिभोर्स गरेर श्रीमान् छोडेर दुःख गरेर आफ्ना सन्तानको लालनपालन गरेर बसेकी महिलाको बिचमा?
हो यहाँ एउटा समानता छ त्यो के हो भने देवी प्रतिभालाई शास्त्रगत सन्देश दिन मन लाग्यो अनि पत्रकार प्रतिमा लाई त्यसको खण्डन दिन मन लाग्यो यहाँ देवी प्रतिभा शास्त्रबाट दिक्षित भएको र पत्रकार प्रतिमा कहिँ कतैबाट परिचालित हो यो पूर्ण समानता यत्ति मात्र हो अरु केही छैन । रह्यो कुरा डिभोर्सको, यहाँ परिचालन हुनु र नहुनुमा खासै फरक पर्दैन सम्बन्ध विच्छेदका सम्बन्धमा देवी प्रतिभाको उनले त यो समाज वैवाहिक समस्याबाट समाज विखण्डित नहोस् भन्ने मात्र हो उनको आशय भनेको महिलाले हिंसा सहनु पर्छ भनेको होइन भन्ने कुरा यो समाजले कहिले बुझ्ला अनि के कसरी यसको सकारात्मक पहल होला भन्ने प्रश्नको उत्तर दिने प्रयास नगरेको यो समाचार अन्य समाचार जस्तै हुन् यसमा चेतना छैन अनि यसको खासै कुनै अर्थ छैन । जय होस् पत्रकारिताको ।
नमन हजुर्🙏
मार्कसबादी डलरबादी सबैलाइ मौका मिलेको छ यही बेला आफ्नो दुनो सोझ्याउन। पुरूष पनि त पिडीत होलान् नि महिलाबाट!! २-४ वटा घटना देखाएर सम्पूर्ण धार्मिक समुदायलाइ नराम्रो देखाउने काम चाही मार्क्सबादीहरू ले बन्द गरून्। समाजबाद मार्क्सबाद असफल भैसकेका सिदान्तको भारी बोक्ने हरूको रूवाबासी हेर्न लायकको छ।
देवी प्रतिभाजिको समग्र व्याख्या छोडेर एउटा अंशको मात्र अपव्याख्या किन पत्रुकार?
उहाँले एक अर्काप्रती प्रेम र समर्पण हुनुपर्छ भन्नुभएको हो।
उहाँ आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ, तिमिजस्तो every father is rapist भन्ने दुष्ट नारिवादी होइन!