माओवादी बैठकमा प्रचण्डको उद्घोष- जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु – Nepal Press

माओवादी बैठकमा प्रचण्डको उद्घोष- जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको कुरा सुन्न आफू देशव्यापी रुपमा हिँड्ने उद्घोष गरेका छन् ।

पार्टी पदाधिकारी बैठकमा नेताहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रचण्डले जनतासँग टुटेको कडी जोड्न आफू देशभर जाने बताएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन, सुखदुःखको कुरा सुन्न जान्छु । त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ ।’

त्यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीभित्रका समस्याबारेमा कुरा राखेको उनले बताए ।

प्रवक्ता सापकोटाले पार्टीभित्र प्रचण्डको विकल्पमा अर्को नेतृत्वको विषयमा छलफल नभएको पनि बताए ।


प्रतिक्रिया

One thought on “माओवादी बैठकमा प्रचण्डको उद्घोष- जनताको सुखदुःखको कुरा सुन्न देशभर जान्छु

  1. पद नपाए जनताकोमा जाने । पद पाएपछि लुटने बस्ने । नौटंकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर