पर्यटनको विकासबाट मुलकको कायापलट हुन्छ : मुख्यमन्त्री कार्की – Nepal Press

पर्यटनको विकासबाट मुलकको कायापलट हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इलामको पर्यटनको विकासमा कोशी प्रदेश सरकार लागेको बताएका छन् । उनले पर्यटन र चिया क्षेत्रको विकासका लागि कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने लागिएको बताए ।

इलामको सूर्योदय नगरपालिकाको बजेट सार्वजनिक करण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएको बताए । उनले भने, ‘चिया सम्मेलनले इलाको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’

उनले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकलाई सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुवात गरिएको मुख्यमन्त्री कार्की बताए ।

उनले सूर्योदयमा पनि पोस्ट स्थापना गर्ने जानकारी दिए । पर्यटन प्रहरी र भ्रमण वर्षले कोशी प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सहज हुने उल्लेख गर्दै उनले प्रदेशले धार्मिक पर्यटनमा ध्यान दिने बताए । उनले भारत र चिनबाट हिन्दू र बौद्धिष्ट धर्मावलम्बीहरुलाई नेपाल भ्रमणमा ल्याउन सकिने भन्दै यसले हाम्रो पर्यटन व्यवसाय विकास गर्दै मुलुककै कायापलट गर्न सकिने बताए ।

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताले विकास निर्माणमा समस्या भएको उल्लेख्य गरे । उनले प्रदेशमा भइरहेको सरकारको फेरबदल र राजनीतिक अस्थिरताले जनतामा नैराश्य आएको भए पनि यसलाई चिरेर अब अघि बढ्ने सरकारको योजना रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर