संसदीय छानबिन समितिमा सदस्य हेरफेर, पाण्डेको ठाउँमा बडू
नेपाल प्रेस
२०८१ साउन १५ गते १८:२८
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई ल्याइएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकले पाण्डेको स्थानमा बडूलाई ल्याएको हो ।
पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि बडूलाई ल्याएको हो ।
प्रतिक्रिया