पेरिस ओलम्पिक २०२४ : ५६ स्वर्ण पदकको छिनोफानो हुँदा जापान पहिलो, दोस्रोमा चीन – Nepal Press

पेरिस ओलम्पिक २०२४ : ५६ स्वर्ण पदकको छिनोफानो हुँदा जापान पहिलो, दोस्रोमा चीन

हेटौँडा । फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ मा हालसम्म ५६ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । पछिल्लो तालिका अनुसार एसियाली देशहरूले आफूलाई अब्बल प्रमाणित गरिरहेका छन् ।

ताजा अंक तालिकाअनुसार एसियाली देश जापान पदक तालिकाको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा चीन छ । दक्षिण एसियाबाट भारतले दुई वटा मात्र कांस्य जितेको छ ।

हालसम्म ७ स्वर्ण, २ रजत र ४ कांस्य सहित १३ पदक जितेर जापान पहिलो स्थानमा छ । दोस्रो स्थानमा चीन छ । उसको ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक छ । तेस्रो स्थानमा अष्ट्रेलिया उक्लिएको छ । उसको ६ स्वर्ण, ४ रजत र १ कांस्य गरी ११ पदक छ ।

मंगलबारसम्म दोस्रो स्थानमा रहेको आयोजक राष्ट्र फ्रान्स चौथो स्थान पुगेको छ । फ्रान्सले ५ स्वर्ण, ९ रजत र ४ कांस्य पदक गरी १८ पदक पुर्‍याउँदा पाँचौँमा रहेको दक्षिण कोरियाको ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ११ पदक छ ।

हालसम्म अमेरिका, ग्रेट ब्रीटेन, इटाली, क्यानडा, हङकङ, ग्रीस, काजकिस्तान, साउथ अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तान, स्लोभानिया, न्युजिल्यान्ड र सर्वियाले स्वर्ण पदक जित्न सफल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर