नदी किनारका सडकमा लेदो जम्यो, आवतजावतमा समस्या
नेपाल प्रेस
२०८१ साउन १६ गते ८:४०
काठमाडौं । गएरातिको अविरल वर्षापछि आएको बाढीले विभिन्न ठाउँमा डुबान, बाढी पहिरोका घटना घटेका छन् ।
उपत्यका भित्रका विभिन्न कोरिडोरका सडकमा लेदो जमेपछि आवतजावतमा समस्या देखिएको छ ।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा बस्ती डुबानमा परेको छ । बल्खुमा तरकारी बजार डुबानमा परेको छ ।
यस्तै ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय नै डुबानमा परेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको मुख्य गेट नै भाँचिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर