करिब एक दर्जन कम्पनीको सेयरमा सर्किट, इन्डेक्स २७ सय माथि
काठमाडौं । बुधवार सेयर बजारमा उछाल देखिएको छ । इन्डेक्स २८०० नजिक पुगेको छ । यो समाचार तयार पार्दा सम्म इन्डेक्स २७८४ (१ः१७ बजे) बिन्दु पुगेको छ ।
९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई वटा कम्पनीको सेयर सर्किट लेभलमा (९.९९ प्रतिशत) कारोबार भइरहेको छ ।
सर्किट लाग्ने कम्पनीहरूमा गोर्खा फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल रिपब्लिक मिडिया रहेका छन् ।
यस्तै कुथेली ब्रखरी स्मल हाइड्रोपावर, हाथवे इनभेष्टमेन्ट नेपाल रहेका छन् । नेपाल वेयर हाउसिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
हिलेसम्म १३ अर्ब ९८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भइसकेको छ । सेयर कारोबार हुने समय करिब डेट घण्टा बाँकी रहेको छ ।