सदन विजनेसविहीन भएपछि सभामुखको चासो, समितिका सभापतिसँग छलफल गर्दै
नेपाल प्रेस
२०८१ साउन १६ गते १४:४६
काठमाडौं । सदन विजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका छन् ।
समितिमा विचाराधीन रहेका विधेयकबारे छलफल गर्नको लागि सभामुखले बैठक राखेका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने सचिवालयले जनाएको छ । पछिल्ला दिनहरूमा सदनलाई सरकारले विधेयक दिन नसकेपछि सभामुखले सदन आकस्मिक, शून्य र बिशेष समय दिएर चलाउँदै आइरहेका छन् ।
प्रतिक्रिया