राक्षसको कथा सुनाउँदै आरजुले भनिन्- शेरबहादुर देउवाको ‘वाइफ’ भएकैले म सबैको तारो बनेँ (भिडिओ) – Nepal Press

राक्षसको कथा सुनाउँदै आरजुले भनिन्- शेरबहादुर देउवाको ‘वाइफ’ भएकैले म सबैको तारो बनेँ (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले आफूलाई शेरबहादुर देउवाको पत्नी भएकै कारण सबैले विभिन्न आरोप लगाएको दु:खेसो गरेकी छन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी र कन्सुलर विभागको निरीक्षणमा पुगेकी आरजु राणाले पत्रकारमाझ टीकापुर, भुटानी शरणार्थी प्रकरणमा निराधार आरोप लगाएको जिकिर गरिन् ।

शेरबहादुर देउवाको ‘वाइफ’ भएकाले सबैको तारो बनेको भन्दै उनले राक्षसको कथा सुनाइन्-

यस्तो छ उनले भनेको कथा

एउटा राक्षस थियो रे । त्यो राक्षसलाई सबैले मार्न खोज्ने तर राक्षस चाहिँ नमर्ने । राक्षसको नाइटोबाट भमरा उड्ने रैछ । त्यो भमरालाई च्याप्प समातेर किचिक्क पार्‍यो भने चाहिँ राक्षस मर्ने । म चाहिँ शेरबहादुर देउवाको लाइफमा त्यो भमरा हो । मलाई समातेर केही गर्न पायो भने उहाँ (शेरबहादुर) लाई कसरी माइनस गर्ने भन्ने गेम हो । जहाँ जे गरेर खोज्छौ गर ।

उनले रवि लामिछानेले गृहमन्त्री हुँदा २ महिना टीकापुर फाइल सर्च गर्न पठाएको बताइन् ।

‘पठाउनु भयो फाइल सर्च गर्न । त्यसको रिपोर्ट उहाँ गृहमन्त्री हुनु २ महिनाअघि नै आइसकेको छ । सबै पल्टार हेर्नुभो भने इभ्रीथिङ देख्नुहुन्छ । भुटानी शरणार्थीमा अदालतमा गएर प्रहरीले बुझाएको प्रतिवेदनमा पैसा लिने दिनेको नाम उल्लेख छ । त्यसमा मेरो कहीँ नाम छैन ‘, मन्त्री राणाको भनाइ थियो ।

भुटानी शरणार्थी प्रकरणलाई लिएर आफूसँग कुरा गरेको टेपको बारे सम्बन्धित व्यक्तिले मलाई चिन्दिनँ भनेर बयान दिइसकेको अवस्थामा सुनियोजित ढंगले बाहिर ल्याइएको उनले जिकिर गरिन् ।


प्रतिक्रिया

2 thoughts on “राक्षसको कथा सुनाउँदै आरजुले भनिन्- शेरबहादुर देउवाको ‘वाइफ’ भएकैले म सबैको तारो बनेँ (भिडिओ)

  1. के येस्तो जिम्मेवार ब्यक्तिको जिब्रो सदै चिप्लिनु शोभनीय हो?

  2. पावर पहुचले धम्क्याए पछि बिचराले फिर्ता त लिनुपरेन? तर यिनिहरु दोषि नै हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर