साइबर हमला गरेको भन्दै चिनियाँ राजदूतलाई जर्मनीले सोध्यो स्पष्टीकरण
काठमाडौं । जर्मनीमा साइबर हमला भएको नाममा चिनियाँ राजदूतसँग स्पष्टीकरण सोधिएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार सन् २०२१ मा भएको जर्मनी सरकारकाे मापन एजेन्सीमा भएको एक साबइर हमलाको कुरामा चिनियाँ राजदूतलाई स्पष्टिकरण सोधिएको हो ।
साइबर हमलामा चिनियाँ सरकारी हात रहेको आरोप लाएर यस्तो स्पष्टीकरण सोधिएको बताइएको छ । यो सोधनी सन् १९८९ पछि यसरी सोधिएको पहिलो घटना भएको बताइएको छ ।
जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता सेबास्तियन फिसले भनेका छन्, ‘हामी दृढतापूर्वक जर्मनीतर्फ गरिएको साइबर गतिविधिको विरोध गर्छौं र साइबर स्पेसमा एक उत्तरदायी तथा विधिमा आधारित व्यवहारको वकालत गछौँ ।’
सन् २०२१ को चिनियाँ साइबर हमला भनिएको हमलामा चिनियाँ राजदूतलाई स्पष्टीकरण सोधेको जर्मनीले यस्तै आरोप लागेको अमेरिकालाई भने सोधेको छैन । सन् २०१५ मा अमेरिकाले जर्मन चान्सलर एङ्गेला मर्केलको फोन टेप गरेको खुलासा भएको थियो ।