पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटल बसेरामा बस्दै – Nepal Press

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटल बसेरामा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ ।

पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजेका लागि सारिएको हो ।

केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो ।

बढी पसेपछि अहिले पार्टी कार्यालय सरसफाइ र मर्मतको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर