प्रधानमन्त्री ओलीले भने- स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा राख्दिनँ
नेपाल प्रेस
२०८१ साउन १७ गते ७:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नराख्ने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवासमा बालुवाटारमा कुनै पनि पार्टीको बैठक नराख्ने बताएका हुन् ।
सामाजिक सञ्जालबाट प्राप्त सुझाव अनुसार आज सचिवालय बैठक पनि बालुवाटारमा नबस्ने उनको भनाई छ ।
मनोहरा खोलामा आएको बाढीको डुबानले पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भएका कारण यो पटक बैठक अन्यत्र राखिएको उनको भनाई छ ।
उनले अगामी दिनमा सुझाव दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया
हो यसरी पुराना गल्तिहरु सुधार्दै जानुस!जन्तामा तपाइँहरुका बिगतका बदमाशीहरुले जनता आजित छ्न।कुर्सी गए जान्छ शुशासन तिर लाग्नुस।अब तपाइँ लाई के चाहिएको छ र पि एम ज्यु!खान लाउन पेन्सन ले प्रसस्त पुगिहाल्छ केही कुरामा पनि कम्प्र्माइज नगर्नुस।संघीयता कम खर्चिलो हुने गरि सन्शोधन गर्न र सम्सद सद्स्री घताउन तिर लाग्नुस!