तीन बालिकाको नृत्य कक्षमा हत्या गर्ने १७ वर्षका आरोपीलाई मुद्धा चलान
काठमाडौँ । सोमबार बेलायतको साउथपोर्ट क्षेत्रको एक नृत्य कक्षमा तीन बालिकाको हत्या गर्ने एक १७ वर्षका आरोपीलाई मुद्धा चलान भएको छ । हत्याको कसुरमा मुद्धा चलान भएको बेलायती प्रशारक बीबीसीले उल्लेख गरेको छ ।
क्रमशः ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या भएपछि यसले बेलायत तथा विश्वभर हेडलाइन बनाएको छ । हत्या गर्ने १७ वर्षेलाई बिहीबार मेन्चेस्टर अदालतमा हाजिर गराइने भएको छ । गर्मि बिदाको नृत्य कक्षामा सहभागी भएका तीन बालिकाको साउथपोर्टको हार्त स्ट्रेटमा हत्या भएको हो ।
घटनामा प्रत्यक्षदर्शी रहेका अरु आठ बालबालिका तथा दुई वयस्क पनि घाइते भएको बताइएको छ । बीबीसीले घटनाको कारण र हत्याराको मनसाय तथा नाम भने सार्वजनिक गरेको छैन । किशोर उमेरको कारण यस्तो भएको उल्लेख गरिएको छ ।