राप्रपाका ७७ वटै जिल्ला अध्यक्ष काठमाडौंमा
नेपाल प्रेस
२०८१ साउन १७ गते १३:२०
काठमाडौं । राप्रपाको जिल्ला अध्यक्षहरूको भेला काठमाडौंमा सुरू भएको छ । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेला जारी छ ।
भेलाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरेका छन् ।
सहभागी जिल्ला अध्यक्षहरूलाई पार्टीको तर्फबाट सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले स्वागत गरे । राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्पसहित छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
प्रतिक्रिया