बढ्दो बजारमा अधिकांश जलविद्युत र वाणिज्य बैंकको शेयर सर्वाधिक सस्तो, कसको मूल्य कति ?
काठमाडौ । सेयर बजारले बुल रन समातिसक्दा पनि अझै केही कम्पनीहरूको सेयर मूल्य भने अत्यन्तै न्यून छ ।
विशेष गरी सेयर मूल्य कम हुने कम्पनीहरू अधिकांश जलविद्युत कम्पनी छन् भने केही वाणिज्य बैंकहरुको सेयर मूल्य पनि अत्यन्तै न्यून छ ।
सेयर बजारले नयाँ–नयाँ उचाइ तय गर्ने काम जारी छ ।
बुधवार अहिलेसम्मकै उच्च कारोबार गरेर सेयर बजारको हालसम्मको कारोबारको सबै रेकर्ड ब्रेक ब्रेक गरेर नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार पनि सामान्य करेक्सन आए पनि कारोबार रकम २१ अर्ब माथि पुगेको थियो ।
सरकार परिवर्तनसँगै बढ्न थालेको सेयर बजारले लामो समय डिप्रेस भएको बजारमा लगानीकर्तामा उत्साह फर्काएको छ ।
लगानीकर्ता उत्साहित हुँदा नेप्से आक्रामक तरिकाले बढिरहेको छ । बढ्दो सूचकलाई दैनिक कारोबार रकमले पनि उत्तिकै साथ दिइरहेको छ ।
बढ्दो बजारमा सस्तो शेयर पाइएला भन्ने सोच भएकाहरूका यो जानकारी उपयुक्त हुनसक्छ । राम्रो वित्तीय अवस्था भएका वाणिज्य बैंकहरुको पनि सेयर मूल्य कम देखिएको छ ।
शेयर मूल्य सस्तो भएका २१ जलविद्युत कम्पनीहरू
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट : २३६ रुपैयाँ
आँखुखोला जलविद्युत कम्पनी : २०५ रुपैयाँ
अरुण काबेली पावर लिमिटेड : २२४.९० रुपैयाँ
अपि पावर कम्पनी : २५३.९० रुपैयाँ
दिव्यश्वरी हाइड्रोपावर : २५९.५० रुपैयाँ
ग्रिन लाइफ हाइड्रोपावर : २७० रुपैयाँ
घलेम्दी हाइड्रोपावर : २१८ रुपैयाँ
हिमाल दोलखा हाइड्रो पावर : १९०.३० रुपैयाँ
हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट : २५७.४० रुपैयाँ
हिमालयन उर्जा विकास कम्पनी : २३४ रुपैयाँ
खानीखोला हाइड्रोपावर : २८६ रुपैयाँ
मोदी इनर्जी : २७८.२० रुपैयाँ
लिबर्टी इनर्जी कम्पनी : २३१ रुपैयाँ
माउन्टेन हाइड्रो नेपाल : २८४.९० रुपैयाँ
नेशनल हाइड्रोपावर कम्पनी : २०९ रुपैयाँ
पाथथर पावर कम्पनी लि : २९३ रुपैयाँ
रिडि पावर कम्पनी : २४६ रुपैयाँ
शिवश्री हाइड्रोपावर : २१६.५० रुपैयाँ
अपर तामाकोशी हाइड्रोपावर : २१५ रुपैयाँ
युनिभर्सल पावर कम्पनी : २७०रुपैयाँ
युनियन हाइड्रो पावर : २९६ रुपैयाँ
सस्तो शेयर भएका ११ बैंक
ग्लोबल आइएमइ बैंक : २५५.९० रुपैयाँ
प्राइम कर्मसियल बैक : २९५ रुपैयाँ
प्रभु बैंक : २२३.७० रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : २४९ रुपैयाँ
एनएमबी बैंक : २७१.५० रुपैयाँ
कुमारी बैंक : २१६ रुपैयाँ
माछापुछ्रे बैंक : २५९ रुपैयाँ
लक्ष्मी सानराइज बैंक : २३६.२० रुपैयाँ
हिमालयन बैंक : २६६ रुपैयाँ
नेपाल बैंक : २८१.९० रुपैयाँ
नेपाल इन्फ्रास्टक्चर बैंक : २८०.५० रुपैयाँ