कक्षा १२ काे नतिजा: १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण – Nepal Press

कक्षा १२ काे नतिजा: १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

काठमाडौं । कक्षा १२ को नियमिततर्फकाे नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यस्तै  १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएकाे छ ।  ३८ हजार  १४६ जनाकाे एनजी आएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *