कर्णालीमा कांग्रेसका चार मन्त्री सरकारमा सहभागी हुँदै
सुर्खेत । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने भएको छ ।
नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको नेपाल प्रेसलाई जानकारी दिए ।
शुक्रबार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन् ।