एक राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुई राज्यमन्त्री नियुक्त – Nepal Press

एक राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुई राज्यमन्त्री नियुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको छ ।

नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ खाने भएका छन् । नाउपाबाट अरुणकुमार चौधरी राज्यमन्त्री बनेका हुन् ।

यस्तै, कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनेका छन् । समानुपातिक सांसद विक कांग्रेसकी कान्छी केन्द्रीय सदस्य हुन् ।

विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री नियुक्त भए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर