पर्यटन राज्यमन्त्री अरुण चाैधरी : ट्र्याक्टर जलाएको प्रकरणमा राष्ट्रपतिबाट पाएका थिए आममाफी – Nepal Press

पर्यटन राज्यमन्त्री अरुण चाैधरी : ट्र्याक्टर जलाएको प्रकरणमा राष्ट्रपतिबाट पाएका थिए आममाफी

कैलाली । राष्ट्रपतिबाट आममाफी पाएर फागुन ७, २०७९ मा कैलाली कारागारबाट रिहा भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेकी थिइन् । आममाफी पाएर रिहा हुँदै गर्दा सांसद चौधरीले आफूलाई राजनैतिक पूर्वाग्रहअनुसार पक्राउ गरिएको बताएका थिए ।

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट््रयाक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

२०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र थारु सङ्घर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो । १२ वर्ष पहिलेको घटना ब्युँतिए पछि उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेर १९ दिनपछि फागुन ७ गते रिहा भएका थिए ।

उनी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। आज चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर