सुदूर पश्चिममा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै, निजी गाडीमै गए सामाजिक मन्त्री
नेपाल प्रेस
२०८१ साउन १८ गते १६:५३
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिँदै छन्। २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लागेका हुन्।
उनले संसद्मै सम्बोधन गरेर त्यहीबाट राजीनामा दिने र प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको बताइएको छ ।
राजीनामा दिनु भन्दा अगाडि अन्य मन्त्रीहरुले झण्डावाल गाडी सहित संसद् पुगेपनि सामाजिक विकास मन्त्री ओम बिक्रम भाट सरल निजी गाडी लिएर संसद् गएका थिए।
प्रतिक्रिया