चन्द्रकला सखीको अपिल- गल्ती सच्याइदिनुस्, मनोबल नघटाइदिनुस् (भिडिओ)
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरिन् ।
आफ्नो कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको ट्रोल भइरहेको छ । उनले दोस्रो दिनमा नै गल्ति स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिइन् । उनले आफूबाट भएको गल्ति सच्याइदिन तर मनोबल नघटाइदिन आग्रह गरिन् ।
आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।
चन्द्रकलाको अभिव्यक्तिको एक अंशः
म मेरा प्रिय भक्त अनुरागीजनहरु, आमाबुवा, मिडियाकर्मी, युवावर्गको थोरै ध्यानआकर्षण गर्न चाहन्छु । हामी रामकथा श्रवण गरिरहेका छौं । तर चर्चा भने यहाँ शिवजीको आएको छ । प्रथम दिनदेखि नै मैले शिवजीको चर्चा गरिरहेको थिएँ । प्रथम दिनबाटै शिवचरित्र बुझाउने प्रयास गरेको थिएँ ।
प्रिय भक्तजनहरु, भगवान रामलाई बुझ्नका लागि पहिले शिव परिवारलाई बुझ्नुपर्छ भन्ने भनाइ मैले राखेको थिएँ । प्रथम दिनमा आफ्नो कथा भन्ने क्रममा भन्दै थिएँ कि शिव परिवारमा विभिन्नताबीच एकता छ । विषमताबीच समता छ । त्यस्तै प्रकारले हामी पनि एक–आपसमा प्रेम गर्नुपर्छ । एक–आपसमा सद्भावना बाँड्नुपर्छ । यसरी चर्चा गरिरहँदा यहाँ धेरै टिकाटिप्पणीहरु आइरहेको रहेछ ।
प्रिय भक्तजनहरु, शिव चरित्र बुझाउनुको तात्पर्य यो हो कि जहाँ झगडा कलह हुन्छ, त्याँ शान्ति आउँदैन । जब हामी एक–अर्काप्रति ईष्र्या–क्रोध गर्छौं, नकारात्मकतालाई फैलाउँछौं, तब हाम्रो देशमा शान्ति प्रवेश गर्न सक्दैन । यदि शान्तिलाई निम्त्याउने हो भने पहिले हामीले यो कलहलाई हटाउनुपर्छ भन्ने विषयमा मैले चर्चा गर्न खोज्दाखोज्दै एउटा सानो शब्दलाई लिएर धेरै विवाद यहाँ सिर्जना गरिएको रहेछ । मलाई मेरो प्रिय मित्रवर्गहरुले हिजो घर पुग्ने वित्तिकै यो कुरा सुनाउँदै हुनुहुन्थ्यो ।
प्रिय भक्तजनहरु, म हजुरहरुलाई के भन्न चाहन्छु भने म बाल्यावस्थादेखि नै बहुभाषिक पृष्ठभूमिबाट यहाँ आएको हो । बाल्यकालदेखि नै अंग्रेजी पढ्दै, फेरि अंग्रेजी मुलुकमा गएर पनि मैले आफ्नो राष्ट्रभूमि, आफ्नो मातृभूमिको संस्कार र संस्कृतिलाई जागरण गर्ने उद्देश्य लिएर हिँडेको हुँ । हाम्रो मातृभूमि कति महान छ भन्ने अभियानलाई लिएर आज म हर कुनामा पुगेको छु ।
प्रिय भक्तजन, थुप्रै युवा मातृभुमि छोडेर देश पलायन भइरहनुभएको छ । उहाँहरुलाई यो मातृभूमिप्रति जागरण र संस्कार दिन मैले पाइला अगाडि चालेको हुँ । भर्खर त म सानो पाइला चाल्दै थिएँ, पाइला चाल्ने क्रममा कहीँ कतै कमजोरी हुन सक्छन्, त्यसमा हजुरहरुले औंल्याइदिनु, गल्ति सुधारिदिनु, म त्यसलाई स्वीकार्छु । तर, म मात्रैको विषय छैन प्रिय भक्तजनहरु यहाँ । यहाँ त हामी आज हाम्रो वाल्यअवस्थादेखि नै युरोपियन शिक्षालाई अंगाल्दै बढिरहेका छौं । आज शिक्षा प्रणालीमा हेर्ने हो भने नेपाली भाषा र मातृभूमि, मातृभाषा शिक्षा प्रणाली अत्यन्तै कमजोर हुँदै गएको छ । थुप्रै मजस्ता युवाहरु र सानासाना भाइबहिनीहरुलाई नेपाली भाषा बोल्न गाह्रो हुन्छ । हामीलाई बाल्य अवस्थादेखि नै युरोपियन शिक्षा पढाइन्छ । यसको दोष हामीले कसलाई दिने ?
यस घटनाले केवल ममाथि मात्र प्रश्न उठेको छैन प्रिय भक्तजनहरु । सम्पूर्ण युवाजगतमा नै यो प्रश्न उठेको छ । सम्पूर्ण युवा जगतको मनोबल घटाउने प्रयास भएको छ । मेरो मात्रै विषय भए यो कुरा उठाउने थिइनँ । मैले युवा वर्गको जमातलाई आफ्नो संस्कार एवं संस्कृतिको महत्व दर्शाउँदै देश पलायन भइरहेको अवस्था पनि जसलाई नेपाली भाषा बोल्न पनि मन लाग्दैन । नेपाली संस्कार संस्कृतिको बारेमा थाहा पनि छैन । यस्तो युवा जगतलाई मैले नेपाली संस्कार र संस्कृतिको बारमो चिनाउने प्रयास गरेको हुँ ।
नेपालीहरु केवल एउटा मजदुरको रुपमा, कामदारको रुपमा मात्रै चिनिनुभएको छ । उहाँहरुलाई सम्मान दिलाउन म देश–विदेशमा भ्रमण गरेर आफ्नो मातृभूमिको संस्कार लिएर अगाडि बढेको छु । मलाई विदेशमा रहनुभएको युवा जगतबाट फोन आइरहेको थियो । मैले उहाँहरुलाई सम्झाउने क्रममा भनेँ, हजुरहरु नआत्तिनुहोस । यो घटना भएर जे भयो राम्रो भयो । यो घटनाले नेपालीहरुलाई झक्झकाउने छ, आफ्नो मातृभूमिप्रतिको प्रेम बढाउने छ भन्ने सन्देश युवा वर्गलाई दिएँ ।
मैले उहाँहरुलाई बारम्बार आग्रह गरेँ हजुरहरु कत्ति पनि यो कुराबाट विचलित नहुनु होला । आज हाम्रो सानो–सानो कक्षादेखि नै चाइनिज, जापानीज, फ्रेन्च भाषा पढाइन्छ । तर हामीलाई वैदिक संस्कार एवं संस्कृतिको बारेमा कहीँ कतै कक्षा भएको छैन । म आह्वान गर्न चाहन्छु– हामीलाई बाल्यावस्थादेखि नै संस्कार र संस्कृति तथा भाषाप्रति प्रेम बढाउने शिक्षा दिइयोस ।
मलाई यो घटनाबाट कत्ति पनि दुख लागेन । मभन्दा दुखी त मेरो अफ्ना मित्रजनहरु हुनुहुन्थ्यो । मैले भनेँ, यो घटनाबाट नै हामी अघि बढ्नुपर्छ । अझ मलाई त यो घटनाबाट झन् सतर्क रहने, मातृभूमिको भाषा, संस्कार र संस्कृतिको कति महत्व रहेछ भनेर बुझ्ने हौसला प्राप्त भएको छ प्रिय भक्तजनहरु । यस्तो अवस्थामा जो हामीजस्ता युवा वर्ग अघि बढ्न लागिरहेका छन्, हामीलाई हजुरहरुको आशिर्वाद चाहिएको हो । मैले यो विषयलाई लिएर बेलायतको संसद, जर्मनी, डेनमार्क, फ्रान्स, हल्यान्डजस्ता देशहरुमा पुगेर नेपालको संस्कार संस्कृतको चर्चा गरिरहेको छु ।
आज सम्पूर्ण विश्वले नै नेपालतिर हेरिरहेको यस्तो अवस्थामा युवा वर्गलाई हौसला दिनुस । म नेपाल सरकारसँग, हाम्रो सम्पुर्ण विद्वतजनसँग यही अनुरोध गर्न चाहन्छु, बाल्यावस्थादेखि नै मातृभूमिप्रतिको संस्कार र संस्कृति बढाउने कक्षा र शिक्षा प्राप्त होस । म बारम्बार निवेदन गर्न चाहन्छु । यदि बोल्दा केही त्रुटि भएमा सच्चाइदिन अनुरोध गर्न चाहन्छु । नेपाल र नेपाली जहाँ पनि आफ्नो संस्कार र संस्कृति लिएर अगाडि बढ्नुपर्छ ।
त्यसपछि गीत
जाग लम्क चम्क हे नौजवान हो
आफ्नै ढंगले नयाँ रंगले
वाह युवाहरु :
१. क्या ठुलो खुराक पाएछौ है : भुलबस बोलिएको यौटा सब्द यत्ति धेरै सुनेउ र उत्ताउलिएउ, उनले बोलेका १० हजार ज्ञानका सब्द सुनेनौ !!
२. तिम्रो योग्यता, खुबी र क्ष्यमता त्येत्ति हो : तिम्रो विद्वता अझ भनम संस्कार र त्येशको प्रदर्सन : धिक्कार !!
३. सक्छौ भने मात्र १० % ती चेली जस्तै बन : तिनले त बिदेशी पार्लियामेन्टमा संस्कार र संसकृति पढाएकी सिकाएकी छन्, लाखौ मान्छेहरुको अघि रहेर स्तोत्र गरेकी छन् : तिनको मन छोएकी छन्, खुशी र हौसला बाडेकी छन् र ती मनहरुलाई बुझाएकी छन् ‘हामी र हाम्रो जीवन कत्ति अमुल्य छ’ भनेर !!
४. सक्छौ तिमी कुनै उदाहरनिय कर्म गरेर २-४ जना मान्छेलाई खुसी पार्न, बाबा आमालाई खुसि पार्न ??
५. धर्तिको बोझ हैन, धर्ति उचाल्न सक्ने बन : नेपालीको स्वाभिमान, र पहिचान बतासे हैन, ज्ञान बुद्धि बिबेक पूर्ण कर्म अनि अटल बिस्वास भरिएको सत्कर्मको मार्गमा हिड्ने हो !!!
६. साथमा, हाम्रो धर्म ग्रन्थहरु सही र त्यो समयको यथार्थमा आधारित थिए : ती बैज्ञानिक छन् तर पछिका चाटुकार पण्डितहरुले तिनलाई बंग्याएर आफ्नु स्वार्थ अनुकुल फेरेका कुरा पाइएका छन् जस्ले सामाज वास्तवमा असभ्यता र विकृतिले जकडिएको छ (यो बिसेसत: धर्मको आडमा जात पात, छुवाछुत जस्ता अमानबिय संस्कार अनि महिला माथिको दर्जा द्रिस्तिकोण : ५ हजार वर्ष सम्म धर्म संगै चलेको समाज यस्तै असभ्य र विकृत हुनु पर्ने हो त ???), साथै आजको युग अनुकुल थोरै ‘अपडेट’ गर्न पर्ने कुराहरु हुन्छन : ती कुराहरु हुन्छन सुझाउनु पर्ने, उठाउनु पर्ने र यसरी प्रवचन दिने ‘ज्ञानी’ हरुले बोल्न पर्ने कुरा जसले बोलेका बाणिहरुले मान्छेको मन भित्रबाट छुन्छ अनि तिनलाई फेर्न सक्छ, बिसेस गरी ‘हिन्दु-सनातन’ संस्कृतिलाई जीवनको आधार र शान्तिको सुत्र बनाउन मद्दत गर्न सक्छन : मान्छेको मन, परिवार, समाज र पुरै बिस्वमा !! यो मेरो सुझाव पनि छ !!