हमास नेताको समवेदना पोस्ट हटाएपछि टर्कीले प्रतिबन्ध गर्‍यो इन्स्टाग्राम – Nepal Press

हमास नेताको समवेदना पोस्ट हटाएपछि टर्कीले प्रतिबन्ध गर्‍यो इन्स्टाग्राम

काठमाडौं । हमासका इजरायलबाट हत्या गरिएका नेता इस्माइल हानिएबारेको पोस्टहरु हटाएको विरोधमा टर्कीले इन्स्टाग्राम प्रतिबन्ध गरेको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार टर्कीले त्यही कारण इन्स्टाग्राम बन्द गरेको भनेर भने सार्वजनिक गरेको छैन ।

इन्स्टाग्राम शुक्रबारबाट बन्द गरिएको छ । शुक्रबारकै निर्णयअनुसार इन्टाग्राम बन्द गरिएको सूचना टर्की अधिकारीहरुले दिएका छन् । टर्कीले शहीद भनेर व्याख्या गरेको इस्माइलको समवेदना तस्बिरहरुका पोस्टहरु इन्टाग्रामले हटाएपछि टर्कीले यस्तो प्रतिकृया दिएको हो ।

इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भने प्रतिबन्दबारेमा कुनै प्रतिकृया दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *