बँदेल मार्ने समूहका एक जनाको गोली लागेर मृत्यु – Nepal Press

बँदेल मार्ने समूहका एक जनाको गोली लागेर मृत्यु

डोटी ।  जंगली जनावर बँदेल मार्न गएको समूहका एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा डोटीको पुर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाका अनुसार थापाको गोली लागेर घटनास्थलमै ज्यान गएको थियो ।
प्रहरीले शिकार खेल्ने समूहका दुर्इ जनालाई भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दिपायल सिलगढी नगरपालिका-८  ३३ वर्षीय राम बहादुर साउँद र ४२ वर्षीय दिल्ली बहादुर साउँद रहेका प्रहरी उपरीक्षक कोइरालाले बताए ।
उनीहरुलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको कोइरालाले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याईएको र घटनावारे विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ११ बजेतिर जंगली बदेल मार्ने क्रममा स्थानीय घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो । थापालाई गोली कसरी लाग्यो भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *